०२ असार २०८३, मंगलबार

राजदूत नियुक्तिको मापदण्डः आउलान् अब्बल कूटनीतिज्ञ ?

असार २७, २०७५
राजदूत नियुक्तिको मापदण्डः आउलान् अब्बल कूटनीतिज्ञ ?

काठमाडौं - एकैपटक धेरै मुलुकमा राजदूत नियुक्ति गर्नुपर्ने भएपछि परराष्ट्र मन्त्रालयले अघि बढाउने मुख्य कामझैं बनेको छ, ‘राजदूत नियुक्तिको मापदण्ड’ । यसपटक पनि सरकारले राजदूत नियुक्तिको मापदण्ड तय गरेको छ ।
आजको कान्तिपुर दैनिक लेख्छ- परराष्ट्र मन्त्रालयले अघिल्ला सुझावलाई हेरेर तयार गरेको उक्त मापदण्ड मन्त्रिपरिषद्ले आइतबार पास गरेको हो। राजदूत नियुक्तिसम्बन्धी मापदण्ड अहिलेसम्म जति बने, सबै एउटै प्रकारका छन्। हरेक मापदण्ड अब्बल व्यक्तिलाई पठाउन सकिने गरी तयार पारिएको हुन्छ।

तर ती कुनै पनि मापदण्ड कार्यान्वयनमा आएका छैनन्। परराष्ट्र अधिकारीहरूका अनुसार अहिलेसम्म आधा दर्जनभन्दा बढी यस्ता मापदण्ड थन्किएका छन्। मापदण्ड बनाइए पनि राजदूत मोलमोलाई वा राजनीतिमा दुस्ख पाएको भन्ने आधारमा नियुक्ति गर्ने प्रवृत्ति रहेको ती अधिकारी बताउँछन्।

नियुक्त हुने राजदूत ‘कूटनीति बुझेको र मुलुकको उचित प्रतिनिधित्व गर्ने’ हुनुपर्ने मापदण्डको प्रमुख वाक्यांश हो।

विश्व परिवेशका साथै राजनीतिक तथा आर्थिक भूमिकामा चासो दिनेजस्ता विषय मापदण्डमा उल्लेख गरिएको हुन्छ। यस्तै राजदूत कूटनीतिक प्रशासन, कन्सुलर सेवा एवं अन्तर्राष्ट्रिय सम्बन्ध बुझेको, विदेश नीति तथा अन्तर्राष्ट्रिय भाषामा पकड भएको र व्यवस्थापकीय क्षमता भएको हुनुपर्नेलगायत मापदण्डमा उल्लेख हुन्छ।

salt training

कमेन्ट गर्नुहोस्