२२ जेठ २०८३, शुक्रबार

उपराष्ट्रपति कपको लागि कैलालीको टीम छनोट

असार २७, २०७५
उपराष्ट्रपति कपको लागि कैलालीको टीम छनोट

धनगढी – रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि कैलालीबाट महिलाको टीम छनोट भएको छ ।

अखिल नेपाल फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताका लागि मंगलबार धनगढी–१२ जुगेडास्थित मनकामना युवा क्लवको खेल मैदानमा खेलाडी छनौट भएको थियो । कैलालीका विभिन्न स्थानबाट १ सयभन्दा बढी महिला खेलाडी सहभागीमध्ये २ जना वैकल्पिक खेलाडीसहित १८ जनाको टीम तयार गरेको कैलाली जिल्ला फुटवल संघका सदस्य तथा खेलाडी छनौट समितिका सदस्य चन्द्र बमले जानकारी दिए ।

कैलालीको महिला टोलीमा रेबिका पाण्डेय, बसौती नाथ, तुलसी माझी, अस्बिना तामाङ्ग, मोनिका पुलामी मगर, गंगा अधिकारी, मनकुमारी चौधरी, महिमा चौधरी, सुशिला चौधरी, ललिता रावल, कमला बिष्ट, अप्सरा भुसाल, सुस्मिता दबाडी, प्रतिक्षा चौधरी, सिर्जना सुनार, कल्पना बिष्ट (वैकल्पिक) र सरस्वती रोकाया (वैकल्पिक) रहेको सदस्य बमले जानकारी दिए । 

असार २७ गतेदेखि साउन ३ गतेसम्म रौतहटमा हुने उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको कैलालीको पहिलो खेल ३१ गते खेल्ने खेलाडी छनौट समितिका सदस्य बमले जानकारी दिए । प्रतियोगिताका लागि कैलालीको टोली असार २८ गते रौतहट जाने तालिका तय भएको कैलाली फुटवल संघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्