
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार वीरेन्द्रनगरको शनिहल लाइनमा ५१ हजार ७ सय रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ का ५२ वर्षीय यामबहादुर मगर, वीनपा–१० का ५२ वर्षीय बद्रिलाल विक, वीनपा–६ का ६० वर्षीय रामबहादुर सुनार, चौकुने–१ का ३२ वर्षीय अर्जुन कठायत, ३० वर्षीया जयाबहादुर शडुवाल र गुराँस गाउँपालिका–५ का ४० वर्षीया नरेन्द्र केसी रहेका छन् ।
गोप्य सूचनाको आधारमा जुवा खालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा प्रवक्ता प्रेम रेग्मीले बताए । उनका अनुसार पक्राउ गरिएकालाई जुवा ऐन बमोजिम कारवाही हुनेछ ।