२३ जेठ २०८३, शनिबार

यसकारण सिन्डिकेट अन्त्यका लागि चालेको कदम निष्कर्षमा नपुग्ने देखियो

असार २८, २०७५
यसकारण सिन्डिकेट अन्त्यका लागि चालेको कदम निष्कर्षमा नपुग्ने देखियो

काठमाडौं–सरकारले सिन्डिकेट अन्त्यका लागि चालेको कदम निष्कर्षमा नपुग्ने निश्चितजस्तै भएको छ । साउन १ देखि हाल दैनिक सवारी व्यवस्थापन गर्दै आएका यातायात समितिहरू स्वतः खारेज हुँदैछन् । यो अवस्थामा अब सार्वजनिक सवारी कसले र कसरी सञ्चालन हुन्छ र गर्छ भन्नेमै अन्योल उत्पन्न भएको छ । 
सार्वजनिक यातायात व्यवस्थापनका लागि ठोस विधि ल्याउनुपर्ने जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय कार्यदल बनाएर कानमा तेल हालेर बसेको छ । यतिमात्र होइन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाए र सबै काममा आफैँले हस्तक्षेप गरिरहेका छन् । 
गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिन्डिकेट अब कुनै पनि हालतमा नफर्किने दावी गरिरहे पनि यातायात व्यवस्थापनको विषय भने थप जटिल बन्ने देखिएको छ । युनाइटेड ट्रान्सपोर्ट भलाइ एण्ड इन्भेस्टमेन्ट प्रालिले गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्योल, चुनौती र समाधान’ विषयक अन्तक्र्रियामा गृहमन्त्री थापाले अझै एकाधिकार फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताए । तर यातायात व्यवस्थापनको जिम्मा पाएको विभागले न त केही गरेको छ न कार्यदलले नै ठोस निकर्ष लिकालेको छ । 
कम्पनीले भने समाधानको उपायसमेत सरकारलाई दिएको छ । तर, सरकारले बनाएको कार्यदलले कुनै प्रतिवेदन दिन सकेको छैन । कार्यदलले अहिलेसम्म कुनै निष्कर्ष दिएको थाहा छैन । यस्तो अवस्थामा साउन १ गते देखि के हुने भन्नेमा ठूलो अन्योल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौला बताउँछन् ।   कारोबार दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्