
काठमाडौं–अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको बनेपा स्थित पुन्यमाता खोलामा पानीको बहाव बढ्दा बनेपा हुदै भक्तपुर संचालन हुने सम्पुर्ण सवारी साधनको आवागमन बिहानैबाट अवरुद्ध भएको छ ।
काभ्रेकै काभ्रे भञ्ज्याङ,मंगलटार,कालढुंगा र माम्टीमा पनि लेदो माटो सहितको पहिरो झरेका कारण आज बिहानैबाट वि.पि. राजमार्ग पनि अवरुद्ध रहेको छ ।
यसैगरी पहिरोकै कारण फाखेल–कुलेखानी सडकखण्ड पनि पुर्ण रुमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।