२८ जेठ २०८३, बिहीबार

परिमार्जनसहितको चिकित्सा शिक्षा विधेयक संसद् पेस हुँदै

परिमार्जनसहितको चिकित्सा शिक्षा विधेयक संसद् पेस हुँदै

काठमाडौं- सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसद्मा पेस गर्ने भएको छ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसद्मा दर्ता गराएको विधेयक बिहीबारको बैठकमा पेस गर्न लागिएको हो ।

राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले विधेयक संसद्मा पठाएको हो । यसअघि २०७३ भदौ २९ मा तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका थिए । 

अघिल्लो संसद्को अन्तिम बैठक २०७४ असोज २७ गतेसम्म पारित गर्ने प्रयास असफल भएपछि यो विधेयक निष्क्रिय भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्