
काठमाडौं- देशका मध्य र पश्चिमी भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुँदा जनजीवन अस्तव्यस्त भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारदेखि परेको वर्षा बिहीबार पनि जारी रहनेछ ।
विभागकाअनुसार बिहीबार दिउँसो देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरूमा र पूर्वका केहि स्थानहरूमा मध्यम खालको वर्षाको सम्भावना छ ।
साँझ र राती पनि देशभरिनै बदली रही अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ । यो क्रम शुक्रबारसम्म जारी रहने महाशाखाको अनुमान छ ।