
काठमाडौं - वीर अस्पतालको ट्रमा सेन्टरमा कर्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
गृहमन्त्रीको आदेश भन्दै अधिकारीलाई लिन गाडी पठाइएको थियो । सरकारी चिकित्सक संघले अपहरणको शैलीमा गृह मन्त्रालय लगिएको भन्दै आपत्ति जनाएको छ ।
ट्रमा सेन्टरका चिकित्सकहरुले स्वास्थ्य जाँचपछि दिने रिपोर्टका आधारमा द्वन्द्वकालका घाइतेहरुको वर्गीकरण हुँदै आएको छ । घाइतेहरुको अपांगताका आधारमा सरकारले भत्ता र सरकारी सेवामा आरक्षणलगायतका सुविधा दिने गर्छ ।