०३ असार २०८३, बुधबार

सञ्जय दत्तकी बहिनीले भनिन्, परेश रावलले सुनील दत्तको भूमिका राम्रो खेलेनन्

सञ्जय दत्तकी बहिनीले भनिन्, परेश रावलले सुनील दत्तको भूमिका राम्रो खेलेनन्

काठमाडौं – सञ्जय दत्तको जीवनीमा बनेको फिल्म सञ्जूमा रणवीर कपूर तथा अन्य कलाकारको अभिनयको प्रशंसा भइरहेको छ । 

तर सुनील दत्तकी कान्छी छोरी नम्रता दत्तले परेश रावलले बुवाको भूमिका राम्ररी निर्वाह नगरेको बताइन् । फिल्म हेरेपछि उनले परेशसँग आफूलाई कनेक्ट गर्न नसकेको बताइन् । 

उनले भनिन्, ‘म कसैलाई पनि बुवाको स्थानमा देख्न सक्दिनँ । उहाँ विशेष हुनुहुन्थ्यो । म परेश रावललाई मन पराउँछु तर फिल्ममा मैले उनीसँग कुनै कनेक्सन भेटिनँ ।’

‘अनि नरगीस बनेकी मनीषा कोइराला पनि सामान्य मात्र लागिन् । सुनील दत्त र नरगीसको छोरी भउको नाताले मैले केही भन्नु मुश्किल छ । तर दर्शकहरू यी कलाकारसँग कनेक्ट भए भने राम्रै कुरा हो,’ उनले थपिन् ।

नम्रता दत्त कुमार गौरवकी पत्नी हुन् । कुमारले लभ स्टोरी, तेरी कसम र नाम जस्ता फिल्ममा खेलेका थिए । उनी सञ्जय दत्तका निकटका साथी थिए र दत्तको खराब समयमा साथ दिएका थिए । 

रकी फिल्मपछि सञ्जय लागूऔषधको चक्करमा फसेर करीयर डुबाउन लाग्दा कुमारले नाम फिल्म निर्माण गरे अनि सञ्जयलाई खेलाए । त्यो फिल्म हिट भएको थियो । 

सञ्जयकी दोस्री पत्नी रिया पिल्लै पनि फिल्मबाट खुशी नभएको बताइएको छ । उनी फिल्ममा आफ्नो बारेमा केही उल्लेख नहुँदा छक्क परेको बताइन्छ । 

मुम्बई विस्फोटका बेलामा सञ्जयको जीवनमा उतारचढाव आएको थियो र त्यतिखेर रियाले सञ्जयको साथ दिएकी थिइन् । दुवैले सन् १९८७ मा बिहे गरेका थिए अनि सन् २००५ मा डिभोर्स लिएका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्