३१ जेठ २०८३, आइतबार

डा.केसीलाई काठमाडौं ल्याउन बल प्रयोग गर्ने सरकारको संकेत

डा.केसीलाई काठमाडौं ल्याउन बल प्रयोग गर्ने सरकारको संकेत

काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा क्षेत्रका वेथितीविरुद्ध जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य कमजोर भए उनलाई बल प्रयोग गरेर भएपनि काठमाडौं ल्याउने बताएका छन् । 

सरकारले यसअघि पनि डा.केसीलाई काठमाडौं ल्याउने प्रयास गरेको थियो । शुक्रवार शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा मन्त्री पोखरेलले डा.केसीको स्वास्थ्य अबस्था कमजोर भए काठमाडौं ल्याउन सकिने बताएका हुन् । ‘उहाँको स्वास्थ्य कमजोर भए बल गरेर पनि काठमाडौं ल्याउनु पर्ने हुनसक्छ’ पोखरेलले भने । 

मन्त्री पोखरेलले डा.केसीको उपचारका लागि सरकारले चिकित्सकको टोली पठाउने तयारी गरेको जानकारी दिए । सरकारले डा.केसीलाई काठमाडौं ल्याउनको लागि हेलिकप्टर तयारी अबस्थामा राखेको छ । 

डा केसीको जीवन रक्षाका लागि संघीय संसदका दुबै सदनमा भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफलमा शिक्षा मन्त्री पोखरेलले डा केसीलाई काठमाडौं ल्याउन सहयोग गर्न सबैसंग आग्रह गरेका थिए । 
यसअघि प्रतिनिधि सभाको बैठकमा सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले पनि डा केसीलाई काठमाडौं ल्याउनको लागि हेलिकप्टर तयारी अबस्थामा राखिएको बताएका थिए । उनले डा केसीको हठ र जिद्दीका कारण काठमाडौं ल्याउन नसकिएको बताएका थिए । 

डा केसीले भने सरकारसंग जुम्लामै गएर वार्ता गर्ने अडान लिँदै आएका छन् । डा केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै उनका समर्थकले माग पूरा गर्न सरकारमाथि दवाव सिर्जना गर्दै आएका छन् । तर केसीसँग वार्ताका लागि सरकार जुम्ला नजाने शिक्षामन्त्री पोखरेलले बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्