०९ साउन २०८३, शनिबार

मुलुक बदल्ने अभियानमा सहभागी हुन प्रम अाेलीकाे आह्वान

मुलुक बदल्ने अभियानमा सहभागी हुन प्रम अाेलीकाे आह्वान

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन् । 

अखिल नेपाल महिला संघ केन्द्रीय समितिले आज  आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकमाथि संविधानले विभेद गरेको नगरेको बताए । 

‘योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय वर्ष र महिला मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा उनले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनु नपर्ने बताए । 
प्रधानमन्त्री ओलीले समृद्धिमार्फत मुलुक बदल्ने महान् अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे । 

उनले संविधानमा नै वाक स्वन्त्रताको व्यवस्था गरेपनि जथाभाबी बोल्न नमिल्ने तर्क गर्दै देश, जनता र समाजप्रति जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए । 
संसद्मा व्यक्त गरिने अभिव्यक्तिमा सांसद स्वतन्त्र हुने भन्दै प्रधानमन्त्री ओलीले मुलक देश र कानूनले सांसदमाथि विश्वास गरेको र त्यहीअनुरुप सांसदहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्