२५ असार २०८३, बिहीबार

डा केसीको जुम्लामा अनसन, काठमाडौंमा प्रदर्शन !

असार ३०, २०७५
डा केसीको जुम्लामा अनसन, काठमाडौंमा प्रदर्शन !

काठमाडौँ– जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । 
राजनीतिक दलका नेता, विभिन्न पेशाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा केसीको जीवनरक्षा गर्न माग गरेका हुन् । 

कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गरे । 


उनले काठमाडौँमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पु¥याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताए । 

नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा कार्यदलले बुझाएको प्रतिवेदन अनुसारको विधेयक आउनुपर्नेमा जोड दिए । 

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले सरकारसँग वार्ता गर्न डा केसीका पक्षबाट वार्ता समिति तयार रहेको भन्दै डा केसीलाई बलपूर्वक काठमाडौँ ल्याउन नसक्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्