१३ असार २०८३, शनिबार

नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा बालक बेपत्ता

नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा बालक बेपत्ता

नवलपरासी- पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । 

सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको स्थानीयवासीले जनाएका हुन् ।

बालकलाई प्रहरी र स्थानीयवासी मिलेर खोजी गरिरहेका छन् । हालसम्म बालक नभेटिएको रामनगर प्रहरी चौकीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्