काठमाडौं – इन्टरनेटमा अहिले एउटा कागतीले हलचल मच्चाइरहेको छ । हेर्दा त यो एक साधारण कागती हो तर यसले गरेको कामले मानिसलाई प्रेरणा प्राप्त भइरहेको छ ।
यो कागतीको लगभग दुई मिनेटको भिडियोलाई लगभग एक करोड मानिसले हेरिसकेका छन् ।
माइक साकासेगावाले यो कागती पहिलोचोटि देखे । उनी अमेरिकाको क्यालिफोर्नियामा बस्छन् ।
अघिल्लो बिहीवार उनी घरबाहिर बसिरहेका थिए । सडकको किनारमा एउटा कागती गुड्किरहेको थियो । उनी कागतीको निर्बाध यात्राबाट खुबै प्रभावित भए ।
माइकका अनुसार, सडक अलिक ओरालो परेको थियो अनि कागती आफ्नै गतिमा सबै बाधाहरू पार गर्दै लगभग आधी किलोमिटर गुड्किरह्यो ।
माइकलाई कागतीको यात्रा मन परेर त्यसको लगभग दुई मिनेटको भिडियो बनाए । उनले ट्विटरमा पोस्ट गरेको भिडियो हेर्दाहेर्दै भाइरल भयो ।
ट्विटर प्रयोगकर्ताहरू कागतीको अविरल यात्राबाट प्रेरित भइरहेका छन् । एक प्रयोगकर्ताले लेखिन्, ‘यो सानो कागती सबै बाधाहरूलाई पार गर्दै हिँड्न सक्छ भने तपाईं पनि सक्नुहुन्छ ।
’Today as I was walking home after my run I saw a large lemon rolling down the hill. It kept rolling for about a quarter mile. And now you can see it, too. pic.twitter.com/dQoHi4RrXS
— Mike Sakasegawa (@sakeriver) July 11, 2018