०९ असार २०८३, मंगलबार

वैज्ञानिकहरुको भविष्यवाणी–अब यस्तो हुनेछन् मानिस

वैज्ञानिकहरुको भविष्यवाणी–अब यस्तो हुनेछन् मानिस

भविष्यमा हुने विकासको अनुमान गर्नुभन्दा पहिला हामीले अतीतबारे जान्न जरुरी छ । 

के हाम्रा वंशज कुनै काल्पनिक वैज्ञानिक उपन्यासको चरित्र जस्तै उच्च प्रविधियुक्त मनुष्य होलान् ? जसको आँखाको ठाउँमा क्यामरा हुनेछ, शरीरको अंग खराब भएपछि नयाँ अंग आफसेआप  विकसित हुनेछ, आखिर कस्तो हुनेछ हाम्रो आगामी पुस्ता ?

के मनुष्य आगामी दिनमा जैविक तथा कृत्रिम प्रजातिको मिल(जुल रूप होला ? हुन सक्छ कि अहिलेको तुलनामा पुड्को या लामो हुनसक्छ । पातलो या मोटो हुनसक्छ या फेरि शायद उनको अनुहार र छालाको रंग रुप नै परिवर्तन हुनसक्छ । 

निश्चित छ कि यी प्रश्नहरुको जबाफ हामी अहिले नै दिन सक्दैनौ ।

यसका लागि हामीलाई अतीत बारे स्मरण गर्न आवश्यक छ र लाखौ वर्ष पहिला मानिस कस्तो थियो जान्न आवश्यक छ । 

शुरुआत गरौं त्यस समय देखि जब होमो सेपियंस नै थिएन । 

लाखौं साल पहला शायद मनुष्य को अर्को कुनै प्रजाति थियो जा होमो इरिक्टसर आजको मनुष्यसँग मिल्दो जुल्दो थियो । 

पछिल्लो  दस हजार वर्षमा केही निकै महत्वपूर्ण बदलाव भएको छ । जसका अनुसार मानिसले आफूले आफूलाई ढालेको छ । 

खेती माथि निर्भर हुने र खानपानको विकल्प बढाउने क्रममा केही समस्या पनि भएको थियो । जसलाई सुल्झाउनका लागि मानिसलाई विज्ञान को सहारा लिन परेको थियो, जस्तो डायबेटिजको लागि इन्सुलिन । 
शारीरिक बनावट पनि  अलग-अलग क्षेत्रमा अलग_अलग छ । कहीका मानिस मोटा छन् भने कहिका अग्ला । 

डेनमार्कको आरहुस विश्वविद्यालय का बायोइन्फोर्मेटिक्स विभाग का एसोसिएट प्रोफेसर थोमस मेयलुन्डका अनुसार यदी मानिसको लम्बाइ हुन्थ्यो भने हाम्रो  शरीरलाई कम ऊर्जाको आवश्यकता पर्थ्यो । यो लगातार बढीरहेको जनसंख्यावाला ग्रहका लागि निकै राम्रो हुने थियो । 

प्रविधिबाट दिमागको विकास 

तमाम मानिसको साथ बस्नु एक अन्य यस्तो परिस्थिति हो जसका अनुसार मानिसलाई आफूले आफूलाई ढाल्नुपर्ने छ । 

पहला जब हामी शिकार मा निर्भर थियौं तब  रोजमर्राका जीव्नमा आफ्नो आपसी संवाद निकै कम हुने गरेको थियो । 

मेयलुन्डका अनुसार हामीले आफूलाई यस रुपमा ढाल्नु आवश्यक थियो कि हामी सबै यससँग जुध्न सक्थ्यौं । 

जस्तो मानिसको नाम याद गर्ने जस्तो महत्वपूर्ण काम गर्न सक्थ्यौं । 

यहां बाट सुरु हुन्छ प्रविधिको भूमिका । 

थोमसका अनुसार दिमाग मा एक प्रविधि फिट गर्दा हामी मानिसको नाम सजिलै याद गर्न सक्छौं । 

उनी भन्छन्,‘हामीलाई थाहा छ कि दिमागको कुन हिस्साको यस रुपमा विकास गर्नाले हामीले धेरै भन्दा धेरै मानिसको नाम याद गर्न सक्छौं ।’

आगामी दिनहरुमा शायद हामीले त्यस्ता चिजहरुलाई परिवर्तन गर्न सक्नेछौं । 

यो एक विज्ञानको कथा जस्तो लाग्छ तर यो सम्भव छ । 

यस्तो अन्य इन्प्लान्ट हामी लगाउन सक्छौं । तर यो हामी सही रुपमा जान्दैनौ कि त्यसलाई कस्तो रुपमा जोड्न सक्छौ र त्यसको धेरै भन्दा धेरै प्रयोग हुन सक्छ । हामी यसको नजिक पुगेका छौं तर अहिले पनि यसमाथि प्रयोग चलिरहेको छ । यो अब जैविक भन्दा धेरै प्रविधिको मामला हो ।’

आमा बाबुमा इच्छा अनुसारका हुन्छन् बालबालिका

अहिलेसम्म हामी शरीर को टूटेको अंगलाई  बदल्न या ठीक गर्न सकिरहेका छौं । जस्तो पेसमेकर लगाउने । 

शायद भविष्य मा यी सबै मनुष्यलाई राम्रो बनाउनमा प्रयोग हुन्छ । 

यसमा दिमाग को विकास पनि शामिल छ । हुनसक्छ हामी आफ्नो रंग रुपमा या शरीर मा प्रविधिको धेरै प्रयोग गर्ने छौ. । 

जस्तो कृत्रिम आँखा जसमा यस्तो क्यामरा फिट होस जसले अलग अलग रंग र चित्रको अलग अलग फ्रिक्वेन्सि समात्न सकोस् । 

हामी सबैले डिजाइन बच्चाको बारेमा सुनेका छौं । वैज्ञानिकले पहिला पनि यस्तो प्रविधिको परीक्षण गरेका छन् जसले भ्रुणलाई बदल्न सक्ने छ  । 

मायलुन्डका अनुसार भविष्य मा केही जीन नबदलिनु अनैतिक मानिनेछ । यसका साथ हामी छान्न सक्ने छौं कि बच्चा देख्दा कस्तो हुनेछ । शायद फेरि मनुष्य त्यस्तै देखिने छ जस्तो उसका आमा बाबुले हेर्न चाहन्छन् । 
मायलुंड भन्छन्यो अब छान्नेमा भर पर्ने छ तर यो चयन अब कृत्रिम हुनेछ । जुन हामी कुकुरको प्रजातिसँग गरिरहेका छौं त्यो हामी मानिससँग शुरु गर्ने तहमा पुग्ने छौ. ।’

जैविकता 

यो  सबै सोच्नु अहिले निकै काल्पनिक लाग्छ । तर के जनसंख्या को रुझान हामीलाई यस बारेमा केही संकेत दिन्छ कि भविष्यमा हामी कस्तो देखिने छौं ?

ग्रय्यान्ड च्यालेन्जेज इन इको सिस्टम्स एन्ड दि एनवायरमन्टका प्राध्यापक डा जेसन भन्छन् ूकरोडौं साल पछिको भविष्यवाणी गर्नु पूरै काल्पनिक हो तर निकटभविष्य को बारेमा भन्नु बायोइन्फोर्मेटिक्स को माध्यमबाट सम्भव छ ।’

हामीसँग अब विश्वभरका मानवको जेनेटिक स्याम्पल छन् ।  जेनेटिक भेरिएशन र जनसंख्या माथि त्यसको असर अब आनुवांशिकी वैज्ञानिक राम्रोसँग बुझिरहेका छन् । जेनेटिक भेरिएशन कस्तो हुन्छ ठ्याक्कै भन्न नसके पनि वैज्ञानिकहरले केही अन्दाज लगाएका छन् । 

जेसन को भविष्यवाणी छ कि शहरी र ग्रामीण क्षेत्रमा मानिसबीचको असमानता बढ्दै जानेछ । 
उनी भन्छन्, मानिस ग्रामीण क्षेत्रबाट नै शहरी इलाकामा आउँछन् यस कारण ग्रामिण क्षेत्रको तुलनामा शहरी इलाकामा जेनेटिक विविधता धेरै देखिनेछ ।’उनी यसो पनि भन्छन्,‘हुन सक्छ कि मानिसको रहनसहन मा पनि विविधता देखिनेछ  ।

केही समुदायमा प्रजनन दर धेरै छ भने केहीमा कम । जस्तो अफ्रीका को जनसंख्या तिब्र रुपमा बढीरहेको छ । यसको मतलब उनीहरुको जीन विश्वका बाँकी समुदायको तुलनामा धेरै बृद्धि भइरहेको छ । 

जुन क्षेत्रमा गोरा मानिसहरु बस्छन् त्यहाँको प्रजनन दर कम छ । यही कारण हो कि जेसनले भविष्यवाणी गरेका छन् कि  विश्वस्तरमा कादा मानिसको जनसंख्या बढ्दै जाने छ । 

उनका अनुसार विश्वभर गोरा भन्दा कालाको संख्या बढी हुने र केही पुस्ता पछि कालाहरुको रंग आजको पुस्ताको भन्दा फरक हुनेछ । 

यदी मनुष्यले मंगल ग्रहमा बस्ति बसाए भने हामी कस्तो देखिने छौं ?

कम ग्रुत्वाकर्षण का कारण हाम्रो मांसपेशिको बनावट परिवर्तन हुनेछ ।  शायद हामे हात खुट्टा अरु लामो हुनेछ ।

चिसो वातावरणमा के हाम्रो शरीरमा छाला बढ्ने छ वा के हाम्रो पूर्खा ज्स्तो हाम्रो शरीरको रौले हामीलाई चिसोबाट बचाउँनेछ ? अहिले हामीलाई यो थाहा छैन तर यति चाहि निश्चित हो कि मानिसमा आनुवांशिकता परिवर्तन भइरहेको छ । जेसन का अनुसार लाखौं-करोडौं वर्षपछि मानिस आजको जस्तो देखिने छैन । 

बीबीसीबाट भावानुवाद 
 

salt training

कमेन्ट गर्नुहोस्