
काठमाडाै ४ फागुन- ताइवानसँग भारतको बढ्दो सम्बन्धलाई लिएर चीनले प्रतिक्रिया जनाएको छ ।
चीनको सरकारी सञ्चारमाध्यमले ताइवानकी महिला सांसदको एक टीम भारत भ्रमणमा निष्किएको विषयमा आपत्ति जनाएको छ । यो भ्रमण ताइवान र भारत बीच डिसेम्बर २०१६ मा बनेको संसदी मित्रता फोरमको तर्फबाट सम्बन्ध सुधारका लागि गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
चीनको सत्तधारी कम्युनिष्ट पार्टीको मुखपत्र पीपुल्स डेलीको म्यागजीन ग्लोबल टाइम्सले ताइवानी संसदको टोलीलाई स्वागत गरेर भारतले राम्रो नगरेको जनाएको हो ।
पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ताइवानबारे चुनौति दिन छोडेको समयमा भारतको यो हर्कत उक्साउने खेल भएको जनाएको छ ।
भारतले दक्षिण सागर, ताइवान, दलाइ लामा मामलामा चीनमाथि खेलवाड गरेको जनाएको छ ।
उसले चीनलाई घाटा पुग्ने काम गर्ने जुनसुकै देशले पनि गम्भीर नोक्सानी भोग्नुपर्ने भन्दै यस्तो कार्य बन्द गर्न चेतावनी दिएको छ ।