
काठमाडौं – सामाजिक सञ्जालमा एउटा चोरले नाचेको भिडियो भाइरल भइरहेको छ । भारतको राजधानी नयाँ दिल्लीको लाहौरी गेट क्षेत्रमा चोरले चोर्नुअघि मज्जाले नाचेको सीसीटीभी फूटेज चर्चित भएको छ ।
बाईस सेकेन्डको यो भिडियोमा चोरले शटरको ताल्चा फुटाउनुअघि शर्टको टाँक खोलेर खुशीमा रमाएको देखिन्छ ।
भिडियोमा चोरका दुई साथी पनि देखिन्छन् । उसका साथीहरूले रुमालले मुख छोपेको देखिन्छ । साथीहरूले भनेपछि नृत्यमग्न चोरले पनि मुखमा रुमाल बाँध्छ ।
सबै चोर मिलेर पसलहरूबाट सामान चोरेर टाप कस्छन् । प्रहरीलाई चोरीको सूचना दिइएको छ ।
प्रहरीले अनुसन्धान गरिरहेको भएपनि चोरहरूको बारेमा केही पत्ता लगाउन सकेको छैन ।
#WATCH CCTV footage of a thief dancing before he and two other people attempt to break into a shop, in Delhi (10.07.18) pic.twitter.com/zWhyaqqKDP
— ANI (@ANI) July 11, 2018