
काठमाण्डौं बागबजारमा रहेको एजुकेसन प्लानेट अर्थात ‘ई प्लानेट’ कन्सलटेन्सीले फ्रिइनफरमेसन सेसन गर्ने भएको छ ।
यही असार ३२ गते गर्न लागिएको इन्फरमेसन सेसनमा अष्ट्रेलियामा रहेको युनिभर्सिटीअफ टेक्नोलोजी सिड्नी (UNIVERSITY OF TECHNOLOGY SYDNEY) अर्थाथ यु.टि.एस.को बारेमाविद्यार्थीहरुलाई विविध जानकारी प्रदान गरिने छ ।
यु.टि.एस. अष्ट्रेलियाको नम्वर वानयङ युनिभर्सिटी होभने क्यू. एस. वल्र्ड युनिभर्सिटीहरुकोे बरियतामा उत्कृट २०० भित्र पर्दछ । हाल ४४ हजार विद्यार्थीहरु अध्ययन गरिरहेको यु.टि.एस. मा १२० वटा अन्तर्राष्ट्रिय मुलकका करिव पन्ध्र हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
रोकच कुरा के छ भने यु.टि.एस.मा १४५ भाषीविद्यार्थीहरु अध्ययन गर्छन भने यस युनिभर्सिटीबाट हाल सम्म २ लाख विद्यार्थीहरु उर्तिण भइसकेका छन् ।
विश्व मै आफूलाई अब्बल र सफल रुपमा प्रस्तुत गरिरहेको यु.टि.एस.को बारेमा नेपाली विद्यार्थीहरुलाई जानकारी दिने उद्येश्यले नै इन्फरमेसन सेसनको आयोजना गर्न लागिएको हो । सेसनमा उपस्थित हुने विद्यार्थीहरुले यु.टि.एस. सम्वद्ध साईन्स, म्यानेजमेन्ट, ह्युम्यानेटिज, ईन्जिनियरिङ, लगायतका विषयमा आआफ्नो जिज्ञासा राख्न सक्छन् । विद्यार्थीहरुलाई यु.टि.एस.सँगसँगै यु.टि.एस. अन्तर्गतका कलेजहरुको बारेमा समेत जानकारी प्रदान गरिन्छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरुको संख्या उच्चभइरहेको सन्दर्भमा अष्ट्रेलियामा सम्मानित युनिभर्सिटीको रुपमा रहेको यु.टि.एस.को बारेमा प्रदान गर्न लागिएको सुचना र जानकारी नेपाली विद्यार्थीहरुका लागि लाभदायकहुने देखिन्छ । फ्रिइनफरमेसन सेसन विहान १० बजे बाट अपरान्ह २ बजेसम्म ई प्लानेटको कार्यालय बागबजारमा हुनेछ ।