१० असार २०८३, बुधबार

भत्काइयो नेपालकै पुरानो 'दरबार हाइस्कूल', भग्नावशेषमा राणाकालीन भवन [फोटो/भिडियाे]

असार ३१, २०७५
भत्काइयो नेपालकै पुरानो 'दरबार हाइस्कूल', भग्नावशेषमा राणाकालीन भवन [फोटो/भिडियाे]

काठमाडौं –मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूल (भानु माध्यामिक विद्याल)को पुनर्निर्माण शुरु भएको छ ।

२०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएको विद्यालय भवन भत्काएर नयाँ बनाउन लागिएको हो ।

पुरातत्व विभागको अनुमतिमा विद्यालय आफैंले भवन भत्काएको हो । विभागबाट नयाँ बन्ने भवनको नक्सासमेत स्वीकृत भइसकेको छ ।

सरकारी अनुदानमा विद्यालय पुनर्निर्माण हुन लागेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले दुई वर्षभित्र विद्यालय पुनर्निर्माणको काम सक्ने बताएका थिए ।

जङ्गबहादुर राणाले बेलायत भ्रमणपछि राणा खानदान र भाइभारदारहरूलाई पढाउनको लागि वि.सं. १९१० मा यो विद्यालय स्थापना गरेका थिए ।

बेलायतबाटै मागाएर मिस्टर केन्निङलाई संस्थापक प्रध्यानाध्यापक बनाई स्कूल सञ्चालनमा ल्याइएको थियो । त्यस समयमा राणाहरूले इच्छाएका व्यक्तिहरू मात्र सो स्कूलमा पढ्न पाउँथे ।

२०२४ सालमा यसलाई दरबार हाइस्कूलबाट भानु मावि नामाकरण गरिएको थियो । तर पनि यसलाई धेरैले दरबार हाइस्कूल भनेर नै चिन्छन् ।

 

 

salt training

कमेन्ट गर्नुहोस्