
काठमाडौं–रसियामा सम्पन्न विश्वकप अन्तर्गत आज भएको फाइनल खेलमा क्रोएशियालाई ४–२ ले स्तब्ध पार्दै फ्रान्स च्याम्पियन बनेको छ ।
मस्कोस्थित लुज्निकी रंगशालमा भएको खेलमा फ्रान्सले क्रोएशियालाई ४–२ ले पराजित गर्दै विश्व च्याम्पियन बनेको हो ।
फ्रान्सको जितमा क्रोएशियाका मारियोले आत्मघाती गोल गरे । उनले बल नियन्त्रणको प्रयास गर्दागर्दै १८ औं मिनेटमा आत्मघाती गोल गरेका हुन् । यस्तै फ्रान्सका एन्टोनिले ३८, पाउलले ५९ र कल्यानले ६५ औं मिनेटमा गोल गरे ।
क्रोएशियाका लागि इभान र मारियोले क्रमशः २८ औं र ६९ औं मिनेटमा गोल गरे ।