११ असार २०८३, बिहीबार

भीएलएनको ठगी : कम्पनी दर्तामै बदनियत

असार ३२, २०७५
भीएलएनको ठगी : कम्पनी दर्तामै बदनियत

काठमाडाैं- वैदेशिक रोजगारीमा मलेसिया जाने नेपाली कामदारसँग झन्डै ३ अर्ब रुपैयाँ ठगीको आरोप खेपेको मलेसिया भीएलएन कम्पनीको स्थापना नै अर्कै प्रयोजनका लागि भएको भेटिएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्राप्त कागजात हेर्दा मलेसियाको भिसा प्रोसेसिङको प्रक्रियासँग मिल्ने गरी नाम जुधाई फरक उद्देश्यका साथ कम्पनी स्थापना गरेको पाइएको हो।

ठगीको आरोप लागेका सञ्चालकले मलेसियाली दूतावासका कर्मचारीसँग सरसल्लाह गरी कम्पनीको नाम जुराएको बताएका छन्। एउटा उद्देश्यमा स्थापना भएर अर्कै प्रकृतिको काम गर्न पाइँदैन।

मलेसियाले विश्वका विभिन्न मुलुकका नागरिकका लागि भिसा प्रोसेसिङका लागि भीएलएन (भिसा लुरुस नेग्रा) नामको प्रणाली स्थापना गरेको छ। मलेसियाले दूतावासभित्रै त्यो प्रणाली स्थापना गर्नुपर्नेमा छुट्टै व्यक्तिले त्यही नामको कम्पनी खडा गरेका हुन्।

मलेसियाली प्रणालीसँग नाम मिल्दोजुल्दो गरी स्याङ्जाका रामप्रसाद श्रेष्ठले मलेसिया भीएलएन नेपाल प्रालि दर्ता गरे। कम्पनीले हरेक कामदारसँग ६ हजार ७ सय रुपैयाँ र भ्याटसमेत असुल्दै आएको छ।,आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्