१९ असार २०८३, शुक्रबार

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

भक्तपुरमा बाढीपहिरो र डुबानबाट १२ करोड क्षति

भक्तपुर-  भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण रु ११ करोड ९३ लाख ५० हजार १२५ बराबरको क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असार २७ र २८ गते परेको अविरल वर्षाको कारण भएको क्षतिको विवरण सार्वजनिक गर्दै चाँगुनारायण नगरपालिकामा पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको, डुबानमा परेका चार जना घाइते भएको र १११ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए ।

डुबानमा ५२२ र पहिरोमा १५ घरटहरामा क्षति पुगेको, २८ उद्योग, कलकारखाना र पेट्रोल पम्प, १३३  किराना र  थोक पसल, एक सडक र एक पुल, दुई अस्पताल र दुई विद्यालयमा क्षति पुर्याएको छ । बाढीले ३७  बंगुर र ८२५ कुखुरा बगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्