१४ असार २०८३, आइतबार

डिप्रेसनमा ‘गोरे’ : देखाउँछन् यस्ता व्यवहार !

डिप्रेसनमा ‘गोरे’ : देखाउँछन् यस्ता व्यवहार !

काठमाडौं– काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती ‘गोरे’ केही समयदेखि डिप्रेसनमा गएका छन् ।

कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् ।

जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ । 

कारागार व्यवस्थापन कार्यालयका अधिकृत श्रवणकुमार साहले उप्रेतीमा केही समस्याको संकेत देखिएको बताए । ‘कोहीसँग बोल्न मान्दैन । टोलाएर बसेको देखिन्छ । कहिले रोएकोजस्तो पनि देखिन्छ । पछिल्ला दिनमा परिवारका सीमित सदस्य र वकिलसँग भेट्न दिइएको छ । उनीहरूसँग भेट्दा पनि यस्तै व्यवहार देखाउँछ,’ उनले भने ।

गोरेलाई जचाउन अस्पताल पुर्याइएको, तर कुनै औषधि नचलाइएको कारागारको भनाइ छ । गोरेले पनि डाक्टरसँग आफूलाई केही नभएको बताउने गरेका छन् । 

गोरेको निद्रा र खानपान सामान्य अवस्थामै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको डाक्टरलाई उद्धृत गर्दै कारागार व्यवस्थापनले बतायो ।, नयाँ पत्रिकमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्