०६ साउन २०८३, बुधबार

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्नेछन् ।

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कांग्रेसका सांसद गगन थापा र नेमकिपाका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि तय गरिएको छ ।

यस्तै बैठकमा अर्थ मन्त्री युवराज खतिवडाले बीमा विधेयक २०७५ प्रस्ुतत गर्ने तयारी बमोजिम कार्यसूचि तयार पारिएको छ । बैठकमा बीमा विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि छ ।

यस्तै बैठकमा सांसद विन्दा पाण्डेले महिलामाथि हुने विभिन्न खालका हिंसाको अन्त्यका लागि व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताका लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिईयोस भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचि तय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्