
काठमाडौं– फ्रान्स रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकप फुटबलको विजेता बनेको छ । योसँगै फ्रान्सले ४ अर्ब १६ करोड रुपैयाँको पुरस्कार रासी प्राप्त गरेको छ ।
यो पुरस्कार रासी क्रिकेट विश्व कप विजेताले पाउने पुरस्कार रासीको तुलनामा १० गुणा बढी हो । २०१५ मा क्रिकेट विश्व कप जित्न टोली अस्ट्रेलियाले ४० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
२०१५ मा रग्बी विश्व कप जित्ने टोलीले ४१ करोड ६० लाख पुरस्कार पाएको थियो । यस पटकको फीफा विश्व कप खेल्ने ३२ टोलीलाई २० अर्ब रुपैयाँ भन्दा बढी दिइएको छ । यो पनि क्रिकेट विश्व कप खेल्ने टोलीले प्राप्त गरेको रकमको तुलनामा बढी हो ।
फाइनलमा पराजित भएको क्रोएसियाले पनि ३ अर्ब ७ करोड रुपैयाँ पाएको छ । तेस्रो स्थानमा रहेको बेल्जियमले २ अर्ब ५९ करोड रुपैयाँ पाएको छ । चौथो स्थानमा रहेको बेलायतले २ अर्ब ४१ करोड रुपैयाँ पाएको छ ।
क्वाटरफाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन तथा रुसले १ अर्ब ७६ करोड रुपैयाँ पाएका छन् । प्रिक्वाटर फाइनमा हारेका टोलीले पनि १ अर्ब ३१ करोड रुपैयाँ पाएका छन् । समूह चरणबाटै बाहिरिएका टोलीले पनि ८८ करोड रुपैयाँ पाएका छन् ।