
काठमाडौं – फूटबल विश्वकपको आइतवार सम्पन्न फाइनल म्याचमा फ्रान्सले क्रोएसियालाई हराएर विश्वविजेता बनेपछि भएको पुरस्कार वितरण समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्चा व्यापक भयो ।
पुरस्कार समारोहमा पानी पर्न थालेपछि एकजना रुसी अधिकारीले पुटिनका लागि त हत्तनपत्त छाता ल्याइहाले तर क्रोएसिया र फ्रान्सका राष्ट्रपति अनि अन्य अधिकारीहरू पानीमा भिजिरहे ।
पुटिनको छाताको चर्चा सामाजिक सञ्जालमा भयो । क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्य्राबर कितारोभिचलाई छाता नदिएर पानीमा भिज्न बाध्य बनाएकोमा पुटिनको आलोचना भएको छ । पुटिनले भद्र पुरुषको व्यवहार देखाएर कोलिन्डालाई
छाता दिनुपर्थ्यो भनिरहेका छन् मानिस ।
हुन त म्याक्रों, कोलिन्डा तथा अन्यका लागि पछि छाता त ल्याइयो तर ती छाता पुटिनको भन्दा साना थिए भन्ने टिप्पणी समेत गरिएको छ ।
एजेन्सी