१२ असार २०८३, शुक्रबार

अमेरिकामा सार्वजनिक स्विमिङ पूलमा मुसलमान बच्चाहरूलाई पौडी खेल्न दिइएन

अमेरिकामा सार्वजनिक स्विमिङ पूलमा मुसलमान बच्चाहरूलाई पौडी खेल्न दिइएन

काठमाडौं – अमेरिकाको एक सार्वजनिक स्विमिङ पूलमा केही मुसलमान बच्चाहरू र उनीहरूका प्रशिक्षकलाई पौडी खेल्न नदिई बाहिर निकालिएको छ ।

डेलावेयर राज्यमा हिजाब लगाएका कारण बच्चाहमाथि यस्तो व्यवहार गरिएको थियो । ग्रीष्म ऋतुमा अरबी संवर्धन कार्यक्रम चलाउने तहसीन ए इस्माइलले डेलावेयर अनलाइनलाई बताएअनुसार, उनी विगत चार वर्षदेखि फोस्टर ब्राउन
पब्लिक स्विमिङ पूल लग्ने गर्थिन् तर यसपालि उनले बाधा बेहोर्नुप–यो । 

बच्चाहरूले स्विमिङ पूलमा कमिज, हाफ प्यान्ट र हिजाब लगाएका थिए । स्विमिङ पूल व्यवस्थापकले सार्वजनिक पूलमा सुती कपडा लगाउने अनुमति दिनु नगर नीतिविरुद्ध भएको बताए । तर इस्माइल यो नियम कहिले पनि लागू नभएको बताउँछिन् । 

दारुल अमाना एकेडमीकी प्रिन्सिपल इस्माइलका अनुसार, विगत पाँच् वर्षयता उनी र उनका विद्यार्थीहरू धार्मिक कट्टरता र भेदभावको शिकार भइरहेका छन् । 

यस्ता घटना अमेरिकामा पहिले पनि हुने गरेका छन् । केही महिनाअघि एक व्यक्तिले १३ वर्षीया मुसलमान किशोरीलाई आतंकवादी भन्दै हिजाब हटाइदिएका थिए र चक्कु देखाएर तर्साएका थिए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्