
काठमाडौं – अमेरिकाको एक चिडियाखानाको पिँजडाबाट एउटा चितुवा भागेपछि आतंक छाएको छ । बाहिर निस्केपछि चितुवाले ६ वटा जनावर मारेको छ ।
सीएनएनको रिपोर्टअनुसार, न्यु ओर्लीयन्सको ओडुबोन चिडियाखानामा एक कर्मचारीले यो चार वर्षे नर चितुवालाई शनिवार बिहान पिँजडाबाहिर देखेका थिए ।
चितुवाले चार अल्पाका (दक्षिण अमेरिकी उँटको प्रजाति), एक इमू र एक फ्याउरोमाथि आक्रमण गरेर तिनीहरूलाई मा–यो ।
चिडियाखानाका उपाध्यक्ष र प्रबन्ध निर्देशक काइल बर्क्सीले चितुवालाई पशुचिकित्सकहरूको एक टोलीले बेहोश बनाएर पिँजडामा फर्काएको बताए ।
यस क्रममा कुनै पनि मानिसलाई हानि पुगेन किनकि शनिवार चिडियाखाना बन्द थियो । आइतवार त्यो फेरि खुल्यो ।
एजेन्सी