
काठमाडौं, ४ माघ–नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड नेतृत्वले निर्वाचन गर्न नसके सरकारको विकल्प खोजिने बताएका छन् ।
पार्टी कार्यालय धुम्बराहीमा पोलिटव्युरो बैठकमा सहभागी हुनु पूर्व सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले संविधानले तोकेको समयभित्र निर्वाचन गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि सरकार तयार हुनुपर्ने बताए ।
उनले वर्तमान सरकारले निर्वाचन गर्न नसके अर्को सरकारको विकल्प खोजिने बताए । ‘सरकारले चुनाव गर्न सक्दैन भने विकल्प खोज्न सक्छौं,‘ओलीले भने,‘त्यसका लागि एमाले तयार छ ।’
ओलीले ०७४ माघ ७ भित्र तीनै तहको चुनाव हुने दाबी गरे ।
अध्यक्ष ओलीले स्ववियु चुनाव पनि तोकिएको मितिमै हुने बताए । उनले भने ‘फागुन १४ मै स्ववियु चुनाव पनि हुन्छ ढुक्क हुनुस ।’