१९ असार २०८३, शुक्रबार

सबभन्दा बढी टेन्सन दिने जागिर यी हुन्

कात्तिक २०, २०७४
 सबभन्दा बढी टेन्सन दिने जागिर यी हुन्
दिमागमा धेर भार नपर्ने जागिर खान जो पनि चाहन्छ । तर यहाँ हामी यस्ता जागिरका बारेमा बताउँदैछौं जसमा अलि बढी नै टेन्सन हुन्छ ।


सेना

सेनाको जागिरमा अत्यधिक तनाव हुन्छ किनकि सैनिकहरूको ड्युटीमा हुँदा जतिखेर पनि ज्यान जान सक्छ । अनि परिवारबाट टाढा बस्नुपर्छ । यसकारणले पनि सैनिकहरू तनावमा हुन्छन् ।

दमकल चलाउने
दमकल चलाउने अग्निनियन्त्रकहरूको जीवनमा पनि धेरै तनाव हुन्छ किनकि त्यो जोखिमको जागिर हो । आगो निभाउनुका अलावा उनीहरूले मान्छेको उद्धार पनि गर्नुपर्छ जसका कारण उनीहरूको आफ्नै ज्यान पनि जोखिममा हुन्छ ।

पाइलट
विमानचालकको जागिरमा पनि अत्यन्त तनाव हुन्छ किनकि राति बिहान अड आवरमा पनि उनीहरूले विमान उडाउनुपर्ने हुन्छ । प्लेन उडाउनुअघि पाइलटले मिहिनतापूर्वक डिटेलहरू चेक गर्नुपर्छ । फरकफरक टाइमजोनमा यात्रा गर्नुपर्ने अनि आधाभन्दा बढी समय घरबाहिर बस्नुपर्ने भएकाले उनीहरू तनावमै हुन्छन् । छिस्स केही गल्ती भयो भने पनि उनीहरूको लाइसेन्स खोसिने सम्भावना हुन्छ ।

प्रहरी
ड्युटीका बखत खतरनाक अपराधीहरूसँग जम्काभेट हुन सक्ने अनि आफैंमाथि नियन्त्रण राख्न कठिन हुने हुँदा प्रहरीको जागिर पनि तनावयुक्त नै छ ।

इभेन्ट कोअर्डिनेटर
इभेन्टको योजना बनाउनेदेखि लिएर त्यसलाई राम्रोसँग सम्हाल्ने जिम्मेवारी इभेन्ट कोअर्डिनेटरले गर्छ । अनि उनीहरूलाई तनावमा बस्ने बानी बन्छ । पछि गएर उनीहरूको शरीरलाई यसले धेरै नोक्सानी दिन्छ ।

पब्लिक रिलेसन एक्जेक्युटिभ
यो जागिरमा ग्राहकहरूका काल्पनिक माग पूरा गर्नुपर्ने भएकाले एकदमै मानसिक दबाब हुन्छ । यसले तनाव उत्पन्न गर्छ र माहौल नकारात्मक बन्छ ।

कर्पोरेट एक्जेक्युटिभ
कम्पनीलाई माथि पु–याउनुपर्ने अनि जतिखेर पनि राम्रो प्रदर्शन गर्नुपर्ने दबाबका कारण मानसिक स्थिति खराब हुन्छ ।

ब्रोडकास्टर
कामका बेलामा धेरै जोश देखाउँदा ब्रोडकास्टरहरूको मूड खराब हुन्छ र तनावको स्थिति बढ्छ ।

पत्रकार
डेडलाइन फलो गर्नुपर्ने अनि नयाँ नयाँ घटनाको समाचार बनाइरहनुपर्ने भएकाले पत्रकारहरू मानसिक रूपमा डिप्रेसनको शिकार हुन सक्छन् । खोजी पत्रकारिता गर्नेहरूलाई त ज्यानको जोखिम पनि हुन्छ ।

ट्याक्सी ड्राइभर
ट्याक्सी ड्राइभरले दिनभरिमा अनेकथरीका मान्छेको सामना गर्नुपर्ने हुन्छ । यसकारण उनीहरूलाई मानसिक थकान हुन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्