
काठमाडौं– नेपाली कांग्रेसभित्रको गुटगत विवाद मिलेसँगै विधान मस्यौदा समिति गठन प्रक्रिया पनि अगाडि बढ्ने भएको छ ।
मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ ।
विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन ।
मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न केन्द्रीय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ ।
नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद पनि मिलेको बताइएको छ ।