काठमाडौं – इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारतको हारपछि पूर्वकप्तान महेन्द्र सिंह धोनीले गरेको क्रियाकलापका कारण उनको संन्यासको अनुमान लगाइएको छ ।
तर भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले यी खबरहरूमा सत्यता नभएको बताएका छन् ।
उनका अनुसार, खासमा धोनीले अम्पायरसँग बल लिएर त्यसलाई बलिङ प्रशिक्षक भारत अरुणलाई देखाउन खोजेका थिए । बलको हालत देखेर त्यसको मूल्यांकन गराउने उद्देश्य धोनीको थियो । त्यो बल कसरी खेलिनुपर्थ्यो भन्ने कुरा धोनी जान्न चाहन्थे ।
संन्यासको कुरा झिक्नेहरूलाई रविले आलोचना गरे । उनले भने, ‘यो सब बकवास हो । उनी कहीँ गइरहेका छैनन् ।’
इंग्ल्यान्डसँगको खेलपछि एउटा भिडियोमा धोनीले अम्पायरसँग बल लिएको देखिएपछि उनको संन्यासको अनुमान गरिएको थियो ।
एजेन्सी
यो पनि पढ्नुस्