२२ असार २०८३, सोमबार

पहिलोपटक जागिर खान ३२ किलोमिटर हिँडेर रातभरिमा अफिस पुगे यी व्यक्ति, हाकिमले दिए कार

पहिलोपटक जागिर खान ३२ किलोमिटर हिँडेर रातभरिमा अफिस पुगे यी व्यक्ति, हाकिमले दिए कार

काठमाडौं – अमेरिकाको अलाबामामा बस्ने २० वर्षीय एक युवक वाल्टर पहिलो जागिरको पहिलो दिन ढिलो कार्यालय पुग्न चाहँदैनन् । तर उनको कार बिग्रियो । 

अनि वाल्टरले रातभरि हिँडेर नै भोलिपल्ट बिहान समयमा कार्यालय पुग्ने निर्णय गरे । बाटोमा उनले ट्याक्सी पनि पाएनन् र कुनै सहायता पनि भेटेनन् । 

कामप्रति उनको लगन देखेर लजिस्टिक कम्पनी बेलहोप्स फर्मका प्रमुख कार्यकारी ल्युक मार्कलिनले उनलाई उपहारमा कार दिए । 

वाल्टर अलाबामाको होमवूड इलाकामा बस्छन् । रातभरि हिँडेर उनी बिहान चार बजे पेल्हाम पुगे । त्यहाँ प्रहरीले उनलाई ब्रेकफास्ट दियो र अफिसमा पु–याइदियो । 

वाल्टर अफिस पुग्दा त्यहाँ काम गर्ने जेनी लेमी र उनका पतिले उनलाई आराम गर्न भने तर उनी सीधै काममा लागे । उनले फेसबूकमै गोफन्डमी पेज बनाए । त्यो पेजमार्फत अहिलेसम्म आठ हजार डलर जम्मा भइसकेको छ । 

जेनीले जानकारी दिएअनुसार, वाल्टरको घर क्याट्रिना तुफानमा ध्वस्त भएको थियो । त्यसपछि उनी आफ्नी आमासँग लुइजिनियाबाट अलाबामा आएका थिए । उनी अमेरिकी जलसेनामा जान चाहन्थे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्