१२ साउन २०८३, मंगलबार

विश्वकपमा अर्जेन्टिनाको प्रदर्शनले म्याराडोना लज्जित

विश्वकपमा अर्जेन्टिनाको प्रदर्शनले म्याराडोना लज्जित

काठमाडौं – अर्जेन्टिनाले रुसमा सम्पन्न फूटबल विश्वकपमा लज्जास्पद प्रदर्शन गरेको डीएगो म्याराडोनाले स्वीकार गरेका छन् । 

म्याराडोनाले विश्वकपमा आफ्नो टोलीको कडा समर्थन देखाएका थिए । 

उनले विभिन्न रंगशालाहरूमा गरेका उन्मादपूर्ण क्रियाकलापबाट पनि अर्जेन्टिनाको सफलतामा उनको अनुराग प्रस्ट देखिन्थ्यो । अत्यधिक उत्साहित हुँदा उनलाई रक्तचापको समस्या भएर अस्पताल पनि लग्नुपरेको थियो । 

तर अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो । 

म्याराडोना अर्जेन्टिनाको यो प्रदर्शनका कारण चरम निराश भएको बताउँछन् । 

उनले भने, ‘अर्जेन्टिना टीम दिशाहीन तवरले यताउता हल्लिरहेको देख्दा मलाई एकदम दुःख लाग्यो ।’

विश्वकपमा अर्जेन्टिनाले राम्रो प्रदर्शन गर्न नसक्नुमा टीमभित्रको द्वन्द्व प्रमुख कारण हो । 

प्रतियोगिता चल्दै गर्दा नै प्रशिक्षक जोर्गे साम्पाओलीलाई लियोनेल मेस्सी र हाभिएर मास्केरानोले हटाइदिएर आफैं प्रशिक्षण दिएका थिए । 

मेस्सीमाथि अर्जेन्टिनालाई माथिल्लो चरणमा पु–याउने चरम दबाब थियो र उनी त्यो दबाबका कारण संघर्षरत देखिए । म्याराडोनाले मेस्सीको कडा प्रतिरक्षा गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्