
काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार रुपन्देहीमा मातहत निकायको निरीषण गरेका छन् ।
प्रधानसेनापति क्षत्रीले मध्यपश्चिम पृतना हेडक्वार्टर तथा पूर्वी रुकुमको खड्गदल गण र गुल्मीको वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतना, गण तथा गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत पक्षबारे जानकारी लिएका आवश्यक निर्देशन दिएका छन् ।
भ्रमणपश्चात् प्रधानसेनापति क्षत्री बिहीबार पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरमा बस्ने र शुक्रबार खैरेनीटारस्थित ३ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।