०४ असार २०८३, बिहीबार

सुनसान अस्पताललाई सम्बन्धन !

साउन ४, २०७५
सुनसान अस्पताललाई सम्बन्धन !

काठमाडौँ - लोकन्थली पुलमा राखेको ब्यानरमा लेखिएको सेवा सुविधा हेर्दा लाग्छ, समिट अस्पताल चौबिसै घण्टा सञ्चालनमा छ र बिरामीको चाप थेगिनसक्नु छ । तर, अस्पतालको गेटभित्र छिरेपछि थाहा हुन्छ, यहाँ बिरामीको संख्या शून्य छ । ओपीडीमा पनि फाट्टफुट्ट बिरामी आउँछन् । आईसीयू सुविधासमेत भएको यो अस्पतालमा साताअघि पुग्दा जनरल वार्डमा एकजना पनि बिरामी थिएनन् ।

बेडमा बोराका ठूल्ठूला पोका थिए । नर्सिङ स्टेसन र आकस्मिक कक्ष सुनसान थियो । दिनभरिमा जम्मा दुई जना बिरामी भर्ना भएका थिए । शिक्षामन्त्री अध्यक्ष हुने सीटीईभीटी परिषद् भने यो सुनसान अस्पताललाई नर्सिङ कार्यक्रमको सम्बन्धन दिने अन्तिम तयारीमा छ । सीटीईभीटीका उपाध्यक्षको संयोजकत्वमा बसेको सल्लाहकार समितिको बैठकले यो अस्पताललाई सम्बन्धन दिन सिफारिस गरेको छ । सम्बन्धन दिन लागिएको कलेजको सूचीमा यो अस्पताल १३ औं नम्बरमा छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्