०८ असार २०८३, सोमबार

एक वर्षपछि बल्ल वडा कार्यालय स्थापना

एक वर्षपछि बल्ल वडा कार्यालय स्थापना

भद्रपुर- गौरीगञ्ज गाउँपालिका–५ को वडा कार्यालय बिहीबार उद्घाटन गरिएको छ । 

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सो कार्यालयको एक कार्यक्रमको बीच उद्घाटन गर्नुभएको हो । वडा कार्यालय सम्बन्धित वडामै स्थापना हुनुपर्ने नेपाल सरकारको नीति भए पनि करीब एक वर्षपछि मात्र गौरीगञ्ज गाउँपालिकाको वडा नं ५ ले सम्बन्धित वडामा नै कार्यालय स्थापना गर्न सकेको छ । यसअघि सो वडाले वडा नं ६ कै कार्यालयबाट सबै काम गर्दै आएको थियो । 

पाँच हजारभन्दा बढी जनसंख्या भएको वडामा कार्यालय स्थापना भएपछि वडावासीले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराइको सिफारिस, जग्गाको चार किल्ला सिफारिस, नागरिकता सिफारिस, घरधुरी कर, घर, बाटो सिफारिस, मालपोत दस्तुर, सम्पत्ति मूल्यांकनको अंग्रेजी पत्र दिनेलगायतका सेवा पाउने छन् । 

वडाध्यक्ष विजयसिंह गन्गाईले राजवंशी, ताजपुरिया, गन्गाई तथा ऋषिदेव समुदायका मानिसको यस वडामा बाहुल्यता रहेको बताउनुभयो । छवटा वडा भएको गौरीगञ्ज गाउँपालिकामा अन्य वडा कार्यालय भने यसअघि नै सम्बन्धित वडामै स्थानान्तरण गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्