काठमाडौं, २८ मंसिर – उसो त प्रकृतिमा पाइने प्रत्येक वनस्पतिको उत्तिकै महत्व छ र तिनका फाइदा उत्तिकै छन् । चर्चित यौनवर्द्धक औषधीका रूपमा लिइने जीव–वनस्पति यार्सागुम्बाका थुप्रै फाइदाहरू छन् । यो एक मृत लार्भा हो जसमा पछि वनस्पति टुसाएको हुन्छ । यस्ता छन् यार्सागुम्बाका फाइदा :

क. यसले फोक्सो र मृगौलालाई मजबुत बनाउन सहयोग पु-याउँछ ।
ख. परम्परागत रूपमा यार्सागुम्बालाई नपुंसकताको उपचारका लागि प्रयोग गरिन्छ । त्यसका साथै वीर्य र रक्त उत्पादन बढाउन अनि ढाड दुख्दाको अवस्थामा समेत यसको प्रयोग गर्ने प्रचलन छ ।
ग. यो जीव–वनस्पति अत्यन्त थाकेको बेला, निरन्तर खोकी लागेमा, दममा, दुर्बलता, रक्तअल्पतामा समेत उत्तिकै फाइदाजनक छ । यसले हाडको बोनम्यारो बढाउने समेत मानिन्छ ।
घ. रुघाखोकी, शीघ्र वीर्यपात, जोर्नी दुखाई र वाकवाकीमा समेत लाभदायक मानिएको छ ।
ङ. ट्युमर भएका बिरामी रेडियोथेरापी, केमोथेरापी या शल्यक्रिया गरेका बिरामीको प्रतिरक्षा प्रणालीको मजबुतीका लागि पनि यसको प्रयोग उचित हुने बताइन्छ ।
च. असामान्य कमजोरी र निद्राको समस्यामा समेत यो उपयोगी हुने बताइन्छ । रक्तप्रवाहमा यसले सहजीकरण गर्छ र उच्चरक्तचापलाई नियमित गराउँछ ।
स्रोत : नेप्ल.डट्कम.एनपी