काठमाडौं – नेपाल र भारतमा कमोड सिस्टमका ट्वाइलेटहरू भित्रिएपनि कागजले पुछ्ने बानी विकसित भइसकेको छैन । त्यसैले यहाँका शौचालयहरूमा कागजका साथसाथै शावर वा बाइडेट राखिएका हुन्छन् ।
विदेशीहरूका लागि त्यो बाइडेट अचम्मको वस्तु हो ।
हालै एक अमेरिकी पर्यटक डीन माइकल भारत आएका थिए र उनले ट्वाइलेट प्रयोग गरे । ट्वाइलेटमा कमोडसँगै भएको बाइडेटलाई उनले प्यास मेटाउने कुरा भन्ठाने । त्यसबाट प्रभावित भएर उनले ट्विटरमा त्यसको प्रशंसा गरे ।
उनले ट्वीट गरे, ‘यहाँका शौचालयहरूमा कमोडनजिक पानीको पाइप राखिएको हुन्छ, प्यास लाग्यो भने पिउनका लागि ।’
अनि त ट्विटेहरूले उनलाई उडाउन थाले । कसैले उनी व्यंग्य गरिरहेको ठाने भने कसैले डीनलाई साँच्चिकै उनलाई यसको बारेमा थाहा नभएको भने ।
एजेन्सी