०४ असार २०८३, बिहीबार

सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलिया इच्छुक

सौर्य ऊर्जामा लगानी गर्न अष्ट्रेलिया इच्छुक

काठमाडौं–ऊर्जा,जलस्रोत एवंम् सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटमा उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 
भेटमा मन्त्री पुनले आफु उर्जाममन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा र जलविद्युत क्षेत्रको समग्र विकासको लागी श्वेतपत्र जारी गरेको जानकारी दिंदै १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको बताए । 
उनले  उर्जा क्षेत्रको विकासका लागी सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको धारणा राखे । 
उर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागी विभिन्न क्षेत्रमा गरेको सहयोगप्रती सरकारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए । 
अष्ट्रेलियन राजदूत बडले भेटमा उर्जामन्त्रालय मातहतका निकायलाई विज्ञहरु उपलव्ध गराउन र प्राविधिक सहयोग दिन अष्ट्रेलियन सरकार तयार रहेको बताएका थिए । उनले  उर्जा क्षेत्रमा काम गर्न आफु निकै इच्छुक रहेको धारणा समेत भेटमा राखेका थिए । 
राजदूत बडले सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु ईच्छुक रहेको जानकारी समेत मन्त्री पुनलाई दिएका थिए । उनले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा ३ सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने ईच्छा व्यक्त गरेको समेत भेटमा बताउनुभयो ।
यसैबीच उर्जामन्त्रालयअन्र्तगतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धमा समेत एमओयु भएको छ । उर्जामन्त्री बर्षमान पुनको उपस्थितीमा शुक्रवार कम्पनीका प्रवन्धक निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलोपम्याण्ट कोअपरेशनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । 
दुइै पक्षबीच भएको समझदारीको उद्देश्य राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा सहयोग गर्ने रहेको  विद्युत उत्पादन कम्पनीका प्रवन्ध निर्देशक पन्तले बताए । त्यसैगरी समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।  


 

salt training

कमेन्ट गर्नुहोस्