१४ असार २०८३, आइतबार

मोरङ : झण्डै १६ हजार नागरिकता वितरण, दुई रद्द

मोरङ : झण्डै १६ हजार नागरिकता वितरण, दुई रद्द

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ । 

वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन् । जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन् । सो अवधिमा दुई नागरिकता रद्द गरिएको नागरिकता शाखाका रोशन श्रेष्ठले बताउनुभयो । 

यसैगरी कार्यालयमा सार्वजनिक अपराध, हातहतियार एवं खरखजाना, सवारी क्षतिपूर्ति र खाद्यतर्फ न्यून गुणस्तरका गरी ५१२ मुद्दा दर्ता भएको मुद्दा शाखाले जनाएको छ । सो अवधिमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका मुद्दा २८० थान गरी कूल ७९२ नयाँ र पुरानो मुद्दा २८१ थान फैसला भइसकेको बताइएको छ । 

साथै जिप्रका मोरङले गत आवमा राहदानीबाट कूल रु चार करोड ४७ लाख २२ हजार ५०० राजस्व संकलन गरेको लेखापाल होमराज बस्नेतले बताउनुभयो । सो अवधिमा पुरुष सात हजार ७५३ र महिला दुई हजार ५१७ जनाले राहदानी लिए । राहदानीका लागि पुरुष एक हजार ७९० र महिला एक हजार २७५ जनालाई सिफारिस गरिएको राहदानी शाखाका कर्मचारी परशुराम दाहालले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्