
काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेल संख्या थप्ने तयारी गरिएको छ । अर्को बर्ष नेपालमा आयोजना हुने तय भएको प्रतियोगितामा आयोजकको हिसावले नेपालले खेल संख्या थप गर्ने प्रक्रिया अघि बढाएको हो ।
सोही बिषयमा छलफल र निर्णय गर्न दक्षिण एसिया ओलम्पिक काउन्सिलको कार्यकारिणी बैठक शनिबार काठमाडौंमा बस्दैछ । बैठकमा सागको १३ औ संस्करणमा नेपाल सरकारले केही खेल संख्या थप गर्न प्रस्ताव प्रस्ताव पेश गर्ने छ ।
बैठकमा दक्षिण एसियाली खेलकुदमा भाग लिने सात देशका ओलम्पिक काउन्सिलका प्रतिनिधि सहभागि हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले बताए । प्रतियोगिता अर्को बर्ष मार्च ९ देखी १८ सम्म नेपालमा हुँदैछ ।