१३ असार २०८३, शनिबार

भए नभएका कथा बनाएर सरकार र नेकपाविरुद्ध भ्रम छर्न खोजियो – प्रचण्ड

भए नभएका कथा बनाएर सरकार र नेकपाविरुद्ध भ्रम छर्न खोजियो – प्रचण्ड
फाइल फोटो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरूको एकता र निर्वाचनबाट बनेको दुईतिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताएका छन् ।

“हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौं,” प्रचण्डले भने ।

उनले भए/नभएका कथाहरू बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारविरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गरे ।

प्रा.डा. केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै उनले पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्