१६ असार २०८३, मंगलबार

एकै दिन दुई भूकम्प, सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भएर फेरि गयाे ४.३ रिक्टरको परकम्प

एकै दिन दुई भूकम्प,   सिन्धुपाल्चोकमा केन्द्रबिन्दु भएर फेरि गयाे ४.३ रिक्टरको परकम्प

काठमाडौँ– सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । 

साँझ ५ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो । 

केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । 

केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०६ पटक परकम्प गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्