१४ असार २०८३, आइतबार

ग्रीसको रिसोर्टमा भीषण आगलागी, कम्तीमा ५० को मृत्यु

साउन ८, २०७५
ग्रीसको रिसोर्टमा भीषण आगलागी, कम्तीमा ५० को मृत्यु

 ग्रीस– ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा आगलागी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ । 

धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुले बताएका छन् । 

आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो । 

ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् ।     

अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् । आगलागी भएसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ । 

प्रधानमन्त्री एलेक्सिस सीप्रासले घटनाप्रति दुःख व्यक्त गर्दै डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेको बताएका थिए । 

आगलागीका कारण १०४ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । घाइतेमध्ये ११ जना गम्भीर घाइते भएको र त्यसमध्ये १६ जना बालबालिका रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्