
बुटवल - रूपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । न त प्लटिङका नाममा जग्गा खाली छाड्ने छुट हुनेछ । प्लटिङ गरेर स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्ने छ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउनेछ ।
खेतीयोग्य जमिनमा भएको खण्डीकरण र प्लटिङ रोक्न यस्तो गरिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।