
काठमाडौँ– अनशनरत चिकित्सक डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता आज पनि हुँदैछ । यसअघि हिजो साँझ भएको दुई पक्षीय सकारात्मक बनेको बताइएको छ ।
हिजो साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएको मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले जानकारी दिए ।
आज बिहान पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको बताइएकाे छ ।
स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै केसी २६ दिनदेखि अनसनरत छन् ।