१३ असार २०८३, शनिबार

भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी, दिल्लीबाट १६ महिलाको उद्धार

भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी, दिल्लीबाट १६ महिलाको उद्धार
तस्बिर साैजन्य : अमित मिश्राकाे टि्वटरबाट

काठमाडाैं– भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । 

उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो । 

मंगलवार राति स्थानीय समयानुसार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला तस्करमा संलग्न दलालहरूले उनीहरूलाई फकाइ–फुलाइ भारत पुर्‍याएको बुझिएको छ । 

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलालहरूले नेपाली महिलाको राहदानी (पासपोर्ट) खोसेर आफूसँगै राखेका थिए । १६ जनालाई एउटा सानो कोठामा राखिएको थियो । 

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा खटिएको टोलीले नेपाली महिलाको उद्धार गरेको हो । 

करिब ८ महिना अगाडिदेखि दिल्लीबाट कुवेत र इरानतर्फ महिला तस्करी भइरहेको प्रारम्भिक जाँचबाट खुलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्