१४ असार २०८३, आइतबार

आमालाई खुवाइयो भियाग्रा, बच्चाको मृत्यु

आमालाई खुवाइयो भियाग्रा, बच्चाको मृत्यु

काठमाडौं – नेदरल्यान्ड्समा गर्भवती महिलाहरूमाथि भियाग्राको चिकित्सकीय परीक्षण गर्दा ११ नवजातको मृत्यु भएपछि तत्कालै परीक्षण रोकिएको छ । 

अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवर्द्धक औषधि भियाग्रा दिइएको थियो । गर्भस्थ शिशुहरूको गर्भनाल कमजोर भएका महिलामाथि यो परीक्षण गरिएको थियो । 

शरीरमा रगतको प्रवाह बढाउने यो औषधिले बच्चाहरूको फोक्सोमा गम्भीर हानि पु–याउने गरेको खुल्यो । 

वास्तवमा के भएको थियो जान्नका लागि विस्तृत जाँच आवश्यक रहेको विशेषज्ञहरूले बताए । 

यसअघि बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डमा गरिएका यस्तै अनुसन्धानमा कुनै हानि देखिएका थिएनन् । तर फाइदा पनि पत्ता लागेको थिएन । 

कमजोर गर्भनालका कारण नजन्मेका बच्चाहरूको विकास राकिनु एक गम्भीर रोग हो जसको कुनै पनि उपचार छैन ।

यसले गर्दा बच्चाहरू समयअगावै जन्मिन्छन् । कमजोर भएका कारण उनीहरूको बाँच्ने सम्भावना कम हुन्छ । 

यस्तोमा भियाग्राले शिशुहरूको तौल बढाउने अनि जन्मको समय अघि धकेल्ने काममा सहायता गर्ने अपेक्षा थियो । 

अनुसन्धानका क्रममा ९३ महिलालाई भियाग्रा दिइएको थियो भने ९० महिलालाई डमी औषधि खुवाइएको थियो । 

जन्मेपछि बीस शिशुलाई फोक्सोसम्बन्धी रोग लाग्यो । तीमध्ये तीन बच्चाका आमालाई डमी औषधि दिइएको थियो । तीमध्ये ११ बच्चाको मृत्यु भयो । 

बेलायतमा भएको यस्तै अनुसन्धानमा भाग लिने लिभरपूल विश्वविद्यालयका प्राध्यापक जार्को अल्फिरेभिचले नेदरल्यान्ड्सको यो अनुसन्धान अप्रत्याशित रहेको बताए । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्