२८ जेठ २०८३, बिहीबार

मेरी मामुको छायांकन सम्पन्न

मेरी मामुको छायांकन सम्पन्न

प्रेम गित, प्रेम गित २ लगायतका चर्चित सिनेमा निर्माण गरिसकेका सन्तोष सेनले निर्माण गरेको चौथो चलचित्र मेरी मामुको छायांकन सम्पन्न भएको छ । यम थापाद्वारा निर्देशित चलचित्र मेरी मामु बालमनोविज्ञानमा आधारित छ ।

शाहरुक ताम्राकार, अश्लेषा ठकुरी, कुशुम गुरुङ, भुवन चन्द, दुर्गा मल्ल, आयुब सेन आदि कलाकारले अभिनय गरेको यो चलचित्रमा बालकलाकार कृजन गौतमको अभिनय कायल पार्ने खालको भएको निर्देशक थापाको दाबी छ । चलचित्र मेरी मामु भदौ १५ गते प्रदर्शनमा आउँदैछ ।

काठमाण्डौं र चितवन लगायतका स्थानमा खिचिएको चलचित्र वाल मनोविज्ञानमा आधारित रहेको निर्माता सेनले बताए । २ करोड हाराहारी खर्च गरिएको चलचित्रको पहिलो गित यहि शुक्रवार सार्वजनिक हुदैछ । 

salt training

कमेन्ट गर्नुहोस्